आवश्यक सामग्री :

डल्ले च्याउ १२ वटा

काजु १०० ग्राम

दूध एक कप

चिज ५० ग्राम

अलैंचीको धूलो एक चम्चा

ग्रीन चिल्ली पेष्ट एक चम्चा

नुन स्वाद अनुसार

बनाउने तरीका :

च्याउको डाँठ निकाल्ने। निकालेको डाँठको किमा बनाएर चिज, नुन, अलैंचीको धूलो, हरियो खुर्सानीको पेष्टमा मिलाउने। त्यो मिक्स्चरलाई डाँठ झिकिएको च्याउभित्र राख्ने। केही समय दूधमा भिजाएको काजु पिसेर ह्वाइट सस बनाउने। डाँठ झिकिएका दुइटा च्याउ जोडेर ह्वाइट ससमा डुबाउने।

अब च्याउको बीचबाट सिन्को उनेर १०–१५ मिनेट तन्दुरीमा राखेपछि सबनम कि मोती तयार हुन्छ। यसमा चाट मसला, चिज आदि राखेर खाने।

Comments

comments