काठमाडौँ । नेपाल यु–१९ क्रिकेट प्रतियोगिताको फाइनलमा प्रवेश गर्न सफल भएको छ । शनिबार बिहान भएको सेमिफाइनल भिडन्तमा मलेसियालाई १० विकेटले पराजित गर्दै नेपाल यु–१९ क्रिकेटको उपाधिनजिक पुगेको हो ।

मसेसियाले दिएको १ सय २२ रनको लक्ष्य नेपालले २३ दशमलव १ ओभरमा बिनाविकेटको क्षतिमा भेट्टायो । नेपालका लागि सन्दिप सुनारले ५१ र महम्मद आरिफ सेखले ५० रन बनाए । यसअघि टस हारेर पहिले व्यटिङको निम्तो पाएको मलेशियाले ४२ ओभरमा १० विकेट गुमाउँदै १ सय २१ रन बनाएको थियो ।

घरेलु टोली मलेसियाका लागि ओपनर नालिन डे सिल्भाले सर्वाधिक ३९ रन जोडे । त्यसैगरी कप्तान विरानदीप सिंहले २५ रन बनाए ।  । नेपालका लागि कप्तान दीपेन्द्र सिंह ऐरीले ५ विकेट लिन सफल भए । पवन सर्राफले २ विकेट तथा  रोहित कुमार पौडेल, शाहब आलम र सन्दिप लामिछानेले १-१ विकेट लिए ।

जवाफी ब्याटिङमा उत्रिएको नेपाल बिना कुनै क्षति २४ जित निकाल्यो । नेपालका ओपनरहरू सन्दिप सुनार र आसिफ शेखले उत्कृष्ट ब्याटिङ गरेपछि नेपालले १० विकेटको फराकिलो जित निकाल्यो । सन्दिपले ७७ बलमा ८ चौकासहित अविजित ५१ रन जोडे । आसिफले अर्धशतकीय पारी खेल्दै ६५ बलमा ८ चौका र १ छक्का प्रहार गरी ५० रन जोडे ।

मलेसियालार्इ हराउँदै फाइनलमा पुगेको नेपाल एसिया कप क्रिकेटका लागि छनोट भएको छ । सिंगापुर र हङकङबीच हुने दोस्रो सेमिफाइनलको विजेतासँग नेपालले उपाधि भिडन्त गर्नेछ ।

Comments

comments