एजेन्सी । चीनले अहिलेसम्मकै सबैभन्दा अग्लो स्थानमा विद्युत् प्रसारण लाइन निर्माण गरेर सञ्चालनमा ल्याएको छ। नेपालसँग जोडिएको तिब्बतस्थित ५ हजार ५ सय ४८ मिटर उचाइमा चीनले ११०-केभी प्रसारण लाइन बनाएर सञ्चालनमा ल्याएको हो ।

चीन र नेपालबीच बिहीबार मात्रै अन्तरदेशीय प्रसारण लाइन निर्माण गर्ने समझदारीपत्रमा हस्ताक्षर भएको छ । चीनबाट नेपाल ल्याइने र नेपालबाट चीन पठाइने विद्युत् तिब्बतको प्रसारण लाइनबाट आपूर्ति हुनेछ ।

विश्वकै अग्लो स्थानमा बनेको यो प्रसारण लाइन तिब्बतको लोउझा  काउन्टीस्थित स्टेशनबाट मंगलबारबाट सञ्चालन गरिएको हो । १०३ किलोमिटर लामो यो प्रसारण लाइन बनाउन चीनले १६० मिलियन युआन खर्च गरेको छ । यो प्रसारण लाइन तिब्बतस्थित ५५४८ मिटर अग्लो मेन्गडरा पहाड हुँदै निर्माण गरिएको छ ।

Comments

comments