काठमाडौः बेलायतको राजधानी लण्डनस्थित भूमिगत रेलवे स्टेशनमा बम विस्फोटन भएको छ । बेलायती समय अनुसार शुक्रबार बिहान ८ बजेर २० मिनेटमा भएको बम विस्फोटमा केही यात्रु घाइते भएका छन् ।

लण्डनस्थित पूर्व-पश्चिम ट्यूब ट्रेनको भूमिगत स्टेशनमा भएको विस्फोटपछि यात्रुहरूबीच भागाभाग भएको छ । सुपरमार्केटमा प्रयोग गरिने ब्याग भित्र बाल्टीमा हालेर ल्याएको बम भूमिगत रेल स्टेशनमा विस्फोट गराइएको हो । बेलायती अनलाइन डेली मेलले केही यात्रु घाइते भएको जनाए पनि एकीन संख्या खुलिसकेको छैन् ।

विस्फोटलगत्तै लण्डन एम्बुलेन्स सर्भिसको टोली घटनास्थलमा पुगेर केही घाइतेलार्इ अस्पताल लगेको छ । विस्फोटपछि त्यहाँ रूवाबासी चलेको थियो भने यात्रुहरू रेलबाट निस्केर भागेका प्रत्यक्षदर्शीलार्इ उधृत गर्दै बिबिसीले जनाएको छ ।

Comments