जनकपुर । जनकपुरमा भोट माग्ने क्रममा नेपाली कांग्रेसका नेता तथा दुर्इ नम्बर प्रदेशको निर्वाचनका कमाण्डर विमलेन्द्र निधी बेहोस हुनुभएको छ ।

कांग्रेस नेता एवम् पूर्वउप्रधानमन्त्री निधि तनाव बढेपछि बिहीबार भोट माग्दामाग्दै जनकपुरमा बेहोस हुनुभएको हो । निधी जनकपुरमा विहीबार सडक प्रदर्शनीका क्रममा एक्कासी बेहोस हुनुभएको बताइएको छ । बेहोस भएपछि अस्पताल भर्ना हुनुभएका निधीलार्इ धेरै गर्मी, भिड र धपेडीका कारण निधिको स्वास्थ्य बिग्रिएको चिकित्सकहरूले बताएका छन् ।

असोज २ गते प्रदेश नम्बर दुर्इका आठ जिल्लाका १३६ स्थानीय तहमा हुन लागेको निर्वाचनका लागि प्रधानमन्त्री तथा कांग्रेस सभापति शेरबहादुर देउवा पनि होमिनु भएको छ।

Comments

comments