काठमाडाैं । आफ्नी आमाको लागि एक पुरुष २० वर्षसम्म महिलाको भेष धारण गरेर बसेका छन् । पियर भिडियो नामक कम्पनीले राखेको भिडियो सामाजिक संजालमा फ़ैलिएपछि यो तथ्य सार्वजनिक भएको हो ।

नाम नखुलाइएका चीनका ती पुरुषकी दिदीको २० वर्षअघि मृत्यु भएको थियो । दिदीको मृत्युको वियोगमा आफ्नी आमाको मानसिक स्वास्थ्यमा नै असर पर्न थालेपछि आफूले दिदीको भेष धारण गरेको उनले बताएका छन् ।

दिदीको भेष धारण गरेपछि आमाको स्वास्थ्यमा सुधार हुन थालेपछि उनले पुरुषका कपडा नै लगाउन छोडे। उनले आफूसंग अहिले पुरुषको कुनै कपडा नभएको र यो कुराले आफू लज्जित नहुने समेत बताउँछन् ।

आफ्नो भेषभन्दा आमाको स्वास्थ्य ठूलो भएको बताउने उनले आमाको लागि महिलाको भेषलाई अझै निरन्तरता दिन सक्ने बताउँछन् ।

Comments

comments