प्रधानमन्त्री शुसील कोईरालाले विश्वविद्यालयहरु जस्ता प्राज्ञिक स्थल भ्रष्ट्राचारमा डुबेका समाचारले सबै नेपाली लज्जित हुनु पर्ने अवस्था आएको बताउनुभएको छ ।

नेपाल प्रज्ञा प्रतिष्ठानका कुलपति डा. गंगाप्रसाद उप्रेती नेपाल संगीत  तथा नाट्य प्रज्ञा प्रतिष्ठानका कुलपति भक्तप्रसाद श्रेष्ठलाई पद तथा गोपनीयताको सपथ गराउन आयोजित विशेष कार्यक्रममा बोल्नुहुँदै कोईरालाले यस्तो बताउनुभएको हो । प्रधानमन्त्री निवास बालुवाटारमा आयोजित विशेष कार्यक्रममा बोल्दै उहाँले प्रतिष्ठानको गरिमा र आफ्नो पदीय दायित्वलाई मनमा राखेर काम गर्न आग्रह गर्नुभयो ।

कोइरालाले सबैलाई आ–आफ्नो क्षेत्रबाट सहयोग गर्न आग्रह गर्दै मुलुक नयाँ युगमा प्रवेश गर्दै गरेकाले अन्धकारबाट मुक्ति पाउने बताउनुभयो ।

Comments