काठमाडौँ । नेपाल विद्युत प्राधिकरणका प्रबन्ध निर्देशक कुलमान घिसिङले सिएफएल बल्ब खरिद प्रक्रियामा त्रुटी भएको स्वीकार गर्नुभएको छ । ‘यसमा प्रधाधिकारणको भन्दा मन्त्रिपरिषद्का कारणले त्रुटी भएको हो’, बिहीबार आयोजित पत्रकार सम्मेलनमा उहाँले भन्नुभयो, ‘चिम खरिद गर्ने निर्णय मन्त्रिपरिषदले गरेको थियो । मन्त्रिपरिषद्को नियर्णललाई हामीले इन्कार गर्न सकेनौँ ।’

घिसिङले प्रक्रिया त्रुटीपूर्ण रहे पनि चिम भने सस्तोमै खरिद गर्न लागिएको दाबी गर्नुभयो । प्राधिकारणले प्रतिगोटा ६५ रुपैयाँ भारुका दरले चिम खरिद गर्ने तयारी गरेको थियो । ‘चिमको भारतमै प्रतिगोटा ७० रुपैयाँ पर्छ’, उहँले भन्न्ुभयो, ‘हामीलाई ६५ रुपैयाँमा यहीँ ल्याएर वितरण गरिदिने भनेका थिए ।’

चुहावट हरेक वर्ष ३ प्रतिशत घटाइने

घिसिङले बिजुली चुहावट थप ३ प्रतिशत घटाउने योजना सार्वजनिक गर्नुभयो । ‘अहिले २९ प्रतिशत चुहावट छ, त्यसलाई यो वर्ष २६ प्रतिशतमा झार्नेछौँ’, घिसिङले भन्नुभयो, ‘त्यसलाई हरेक वर्ष ३ प्रतिशतले घटाउँदै लग्ने प्राधिकरणको योजना छ ।’

१३ सय ५० मेगावाट आवश्यक

प्राधिकरणका अनुसार मुलुकमा अहिले दैनिक १३ सय ५० मेगावाट विद्युत आवश्यक छ । त्यसमध्येको  ७ सय ५० मेगावाट आन्तरिक उत्पादन र बाँकी भारतबाट आयातबाट पूर्ति गरिएको छ । ठूला आयोजनाबाट ३ सय ५० र सानाबाट ३ सय ५० गरी ७ सय मेगावाट विद्युत उत्पादन भइरहेको छ ।

प्राधिकारणले अहिले कुलेखानी सञ्चालन गरेको छैन । कुलेखानी सञ्चालन गर्दा दैनिक ८ सय ५० मेगावाट उत्पादन हुने गर्छ । भारतबाट साँझको समयमा ३ सय मेगावाट र दिउँसो २ सय मेगावाट आयात हुने गरेको छ । आवश्यक परे दैनिक ४ सय मेगावाट ल्याउन सकिने अवस्था छ ।

लोडसेडिङ हुन नदिन ठूला आयोजनालाई कण्डिशनमा राखिरहनुपर्ने घिसिङले बताउनुभयो । ‘उत्पादन भएर केन्द्रीय प्रसारणमा नआएका साना आयोजनालाई जोड्नुपर्ने खाँचो छ’, घिसिङले भन्नुभयो, ‘त्यसका लागि सौर्य लगायतका अन्य वैकल्पिक ऊर्जामा पनि उत्तिकै जोडदिनु पर्छ । त्यसो नगरे मुलुकमा फेरि लोडसेडिङको समस्याा आउन सक्छ ।’

विभिन्न सम्भावना रहेका पम्प स्टोरेज प्लान्टलाई पनि प्राधिकरणले अघि बढाउने तयारी गरेको छ । प्राधिकरणले अनलाइन तथा एकीकृत शुल्कको तयारी पनि गरेको छ । विद्युत बचत गर्न  स्मार्ट मिटर र ग्रीडको अवधारण बनाइएको छ ।

Comments

comments