कतारले नियन्त्रणमा लिई थुनामा राखीएका दुई मानवअधिकारकर्मी कृष्ण उपाध्याय एण्ड गुणदेव घिमिरेको अवस्था ठिक रहेको, ग्लोबल नेटवर्क फर राइट्स एण्ड डेभलपमेन्टले जनाएको छ | ग्लोबल नेटवर्कले आफ्नो अधिकारिक वेबसाइटमा यसरी उल्लेख गरेको छ |

Krishna Upadhyaya and Gundev Ghimire are good!

“I am well, I have been well looked after and I will be home soon. We have been arrested due to problems with our paperwork”, – Mr. Krishna Upadhyaya’s message to his family transferred by the British authority representative who visited him and Mr. Ghimire this evening.

बेलायती अधिकारीहरुले उनीहरुको रिहाइको प्रायस जारि राखे पनि अधिकारिक रुपमा ग्लोबल नेटवर्कलाई लिखित जानकारी आइनसकेको बताइएको छ |

कतारमा हुने २०२२ को विश्वकप फुटवलको निर्माणाधीन संरचना  तयारीका लागी ल्याईएका नपाली कामदारहरुको  अवस्थाबारे वृत्तचित्र बनाउन कतार पुगेका दुई नेपाली मुलका बेलायती नागरिक  कृष्ण उपाध्याय र गुणदेव घिमिरे ग्लोबल नेटवर्क फर राइट्स एण्ड डेभलपमेन्टमा कार्यरत कर्मचारी हुन् | कतारको विदेश मन्त्रालयले यस अघि उनीहरु दुवै जनालाई कानुन उलंघन गरेकाले पक्राउ गरि अनुसन्धानका लागि थुनामा राखिएकोबारे  बेलायतलाई जानकारी गराएको जनाएको थियो |

Please follow and like us:

Comments