एजेन्सी । हार्भे आँधीपछि अमेरिकाको टेक्सससस्थित समुद्री किनारमा  तिखा तिखा दाँत भएको एउटा रहस्यमयी समुद्री जीव देखिएको छ । प्रीति देसाई नामकी महिलाले टेक्ससको समुद्र तटमा यस जीवलार्इ देखेपछि यसको तस्बिर खिचेर ट्विटरमा पोस्ट गरेर यसको जानकारी मागिन् ।

उनले ट्विटरमा धेरै तस्बिर पोस्ट गरेकी छन् र लेखेकी छन्, ‘जीवविज्ञान ट्विटर, यो कुन चीज हो ? ‘ उनको अनुरोधलार्इ जीववैज्ञानिक र माछा विशेषज्ञ डाक्टर केनिथ टिघेलार्इ पठाइयो । उनले यो तिखा दाँत भएको जीव स्नेक-ईल भएको बताएका छन्।

उनका अनुसार यो एक गार्डेन या काङ्गर ईल पनि हुन सक्छ । उनका अनुसार यी प्रजातिका र्इल टेक्ससमा नै पाइन्छ  । यिनका दाँत ठुला र तिखा हुने गरेका छन् ।

वैज्ञानिकहरूले  हार्भे आँधीको तीब्र बहावका कारण यस जीवलार्इ पनि समुद्रमा ल्यायो । तर, पनि यो जीव समुद्री किनारमा कसरी देखियो भन्ने पत्ता लागेको छैन ।

साधरणतया तिखा दाँतवाला स्नेक-ईल समुद्रमा ३० देखि ९० मिटरको गहिरार्इमा पाइन्छ । एटलान्टिक महासागरमा पाइने यो जीवलार्इ टस्की ईलको नामबाट पनि चिनिन्छ ।

आँधीपछिको क्षतिबारे जानकारी लिन समुद्री किनारमा पुगेकी देसाईले बीबीसीलार्इ भनिन्, ‘यो मेरा लागि अप्रत्याशित थियो, यो जीव अरू बेला समुद्री किनारमा देखिने भन्दा फरक जीव थियो । मलार्इ लाग्यो यो जीव समुद्रको गहिरार्इबाट तटसम्म आइपुगेको हो ।’

देसाईले अगाडि भनेकी छन्, ‘मैले यसको तस्बिर लिएर ट्विटरमा पोस्ट गरेँ, अन्य वैज्ञानिकका लागि पनि जानकारीको स्रोत बनोस भनेर मैले यसको तस्बिर सामाजिक सञ्जालमा हालिदिएकी हुँ ।’

उनले यसभन्दा पहिले पनि यस्ता जीवबारे अध्ययन गर्ने वैज्ञानिहरूकलार्इ पच्छ्याउने गरेकी छन् । उनले अगाडि भनेकी छन्, ‘प्रकृतिले आफ्नो बाटो आफैँ बनाउँछ’, उनलले भनेकी छन् । यही बुझेर यो जीवलार्इ उनले समुद्रको बाटोमा जान छाडिदिएको बताएकी छन् ।

Comments

comments