मेलबर्न । नेपालीहरु विदेशमा रहेता पनि नेपाली संस्कृतिलाई माया तथा सम्बर्द्धन गर्न जुट्ने गर्छन् । यसै अनुरुप अष्ट्रेलियाको तासमेनियामा दशैं मेला हुने भएको छ ।

बडा दशैंको अवसर पारेर तासमेनियामा रहेका नेपालीहरुको आयोजामा दशैं मेला हुन लागेको हो । मेलामा स्थानिय नेपाली कलाकारहरुको सांस्कृतिक प्रस्तुति, नेपाली परिकार, फोटो सेसन तथा डिजे संगीत रहने छ । कार्यक्रमलाई होवार्ड सिटि काउन्सिलले सहयोग गरेको छ ।

तासमेनिया नेपालीहरुको अत्यधिक बसोवास रहेको तथा नेपाली भाषा बढी मात्रामा बोलिने क्षेत्रमा पर्छ ।

Comments

comments