मेलबर्न । नेपलिज एसोसिएसन अफ भिक्टोरिया (न्याभ) ले आइतबार बाल दिवस मनाएको छ । न्याभले हरेक वर्षजस्तै यसपाली पनि न्याभ बाल दिवस २०१७ कार्यक्रम सम्पन्न गरेको हो ।

बाल दिवसमा नेपाली समुदायका बालबालिकाहरुको सांस्कृतिक प्रस्तुतिले सबैलाई मन्त्रमुग्ध बनाएको थियो । मेलबर्नमा रहेका पांच नेपाली स्कुल, न्याभ बालचौतारी प्रेस्टन, न्याभ बालचौतारी वेस्ट टर्नेट, क्रेग्बर्न नेपलिज सोसाइटी स्कुल, हिमालयन नेपलिज सोसाइटी स्कुल र हाम्रो नेपाली पाठशालाका शिक्षक तथा अभिभावकहरुको उपस्थितिले कार्यक्रमको रौनक बढाएको थियो ।

एनआरएनए अष्ट्रेलिया, महावाणिज्यदूत कार्यालय तथा मोरल्याण्ड सिटी काउन्सिलको विशेष सहयोगमा सम्पन्न कार्यक्रममा मोरल्याण्ड सिटिका मेयर हेलेन डेभिडसन प्रमुख अतिथि रहनुभएको थियो । कार्यक्रममा एनआरएनए अष्ट्रेलियाका अध्यक्ष टोनु गोथाने, एनआरएन भिक्टोरियाका केशव कंडेल, सम्माननीय व्यक्तित्वहरु डा. महेश भण्डारी, सम्माननीय प्रविन कुमारको समेत उपस्थिति रहेको थियो ।

कार्यक्रममा गत एक वर्षमा भीसीइ पास गर्ने विद्यार्थीहरुलाई पुरस्कृत समेत गरिएको थियो । आर्या पोख्रेल, बिजन पन्त, कैलाश न्यौपाने, आकाश श्रेष्ठ, अमृत गुरुङ, साकार गुरुङ, पूजा श्रेष्ठ, मनोक कंडेल, एन्जल प्याकुरेल, सुमन कंडेल, सुसन कुमार श्रेष्ठ र अभिषेक उप्रेती पुरस्कृत भएका हुन् ।

भव्य रुपमा कार्यक्रम सम्पन्न भएकोमा खुशी व्यक्त गर्दै आयोजक संस्था न्याभले संस्थाका सल्लाहकार, सम्पूर्ण सहयोगी संघ संस्था, सहभागी स्कुल, हरेक वर्ष कार्यक्रममा नि : शुल्क खाजा उपलब्ध गराउंदै आउनुभएका एनआरएन भिक्टोरियाका सचिव गौतम लामिछाने, प्रिन्टिंग सहयोग गर्ने बायार्स चोइस, म:म उपलब्ध गराउने काठमाडौ कटेज लगायत सम्पूर्ण सहभागी तथा सहयोगीहरुप्रति कृतज्ञता प्रकट गरेको थियो ।

Comments

comments