काठमाडौं । मलेशियामा जारी एसिसी अन्डर नाइन्टीन एसिया कप छनौटमा नेपालले लगातार दोस्रो जित हात पारेको छ ।
पहिलो खेलमा थाइल्याडलाई २ सय ५५ रनले पराजित गरेको नेपालले सहज प्रतिद्वन्द्वी भुटानमाथि ९ बिकेटशानदार जित हात पारेको हो ।

भुटानले दिएको ५१ रनको झिनो लक्ष्य नेपालले मात्र ८ दशमलब ३ ओभरको समाप्तिमा १ विकेट गुमाएर पूरा गर्न सफल भयो । नेपालका लागि ओपनर असिफ शेखले नटआउट २३ र अनिल कुमार शाह ४ रन र सन्दीप सुनारले २६ बलमा ३ चौका प्रहार गर्दै २१ रन बनाए ।

बलिङ तर्फ भुटानका लागि दोर्जे थिन्लेले १ विकेट लिए । यसअघि मलेसियास्थित किनरारा ओभलमा टस जितेर पहिले ब्याटिङ गरेको भुटानले २८ ओभरको समाप्तिमा सबै विकेट गुमाउँदै ५० रन जोडेको थियो । नेपालका लागि कप्तान दीपेन्द्र सिंह ऐरीले सर्वाधिक ५ विकेट लिदा उपकप्तान सन्दिप लामिछानेले ३ तथा नन्दन यादवले १ विकेट लिएका छन ।

भुटानका लागि टासी फुन्टोसोले अविजित १६ रन बनाएका थिए । नेपाली टोलीले समुहको अन्तिम खेलमा भोलि सिंगापुरसँग खेल्नेछ । छनोटको फाइनलमा पुग्ने दुई टोली एसिया कपको लागि छनोट हुनेछ ।

Comments

comments