मेलबर्न । अष्ट्रेलियाको भिक्टोरियन बहुसांस्कृतिक आयोग ( भिक्टोरियन मल्टिकल्चरल कमिसन ) मा नेपालीको प्रतिनिधित्व हुने भएको छ ।

बर्वन साउथ रिजनमा भिक्टोरियन मल्टिकल्चरल कमिसनको क्षेत्रीय सल्लाहकार परिषद (रिजनल एडभाइजरी काउन्सिल ) मा निरज कर्णजीत नियुक्त हुनुभएको हो । यस क्षेत्रबाट रिजनल एडभाइजरी काउन्सिलरको रुपमा नियुक्त हुने वहाँ पहिलो नेपाली हुनुहुन्छ ।

अष्ट्रेलियाको जिलोंगमा बसोवास गर्दै आइरहनुभएका कर्णजित नेपाली समुदायमा समाजसेवी तथा समुदायको अगुवाको रुपमा परिचित हुनुहुन्छ । उहाँले नेपलिज एसोसिएसनको अध्यक्ष पदमा रही जिलोंगमा बसोवास गर्ने नेपालीहरुलाई एकताबद्ध गर्दै नेपालीहरुको हकहीत तथा नेपाली पहिचानको सम्बर्द्धनको लागि लागिरहनुभएको छ ।

पेशाले इस्टर्न रिजन मेन्टल हेल्थ एसोसिएसनमा कोअर्डिनेटरको रुपमा कार्यरत निरज कर्णजितको नेपालमा गृहनगर काभ्रेको बनेपा हो ।

Are you Planing to Study in Australia ? If yes ,Just Click Here and fill this form.

career-in-aus

Comments

comments