मेलबर्न । एप्पल कम्पनीले उत्पादन गर्ने आइफ़ोनको नयाँ मोडल सार्वजनिक भएको छ । अमेरिकाबाट सार्वजनिक गरिएको आइफ़ोनको नयाँ मोडल किन्न अष्ट्रेलियामा भने डेढ महिना कुर्नुपर्नेछ । आइफ़ोन ८ यही महिना तथा आइफ़ोन एक्सको लागि अर्को महिना कुर्नुपर्ने भएको हो ।

अष्ट्रेलियामा आइफ़ोन ८ लिन चाहनेले सेप्टेम्बर १५ तथा आइफ़ोन एक्स लिन चाहनेले अक्टोबर २७ बाट प्रीअर्डर गर्न सक्छन् । ६४ जीबी स्टोरेज क्षमता भएको आइफ़ोन ८ को मूल्य १ हजार ७९ अष्ट्रेलियन डलर र २५६ जीबी स्टोरेज क्षमता भएको आइफ़ोन ८ प्लसको मूल्य १ हजार २ सय २९ डलर पर्ने बताइएको छ ।

त्यस्तै आइफ़ोन एक्सको मूल्य भने ६४ जीबी स्टोरेज क्षमता भएकोलाई १ हजार ५ सय ७९ अष्ट्रेलियन डलर र २५६ स्टोरेज क्षमता भएकोलाई १ हजार ८ सय २९ डलर पर्ने बताइएको छ ।

आइफ़ोनले नयाँ मोडल मार्फत ए १० भन्दा करिब ७० प्रतिशत तिव्र गतीमा चल्ने दाबी गरिएको नयाँ प्रोसेसर ए ११ बायोनिक सार्वजनिक गरेको छ ।

Comments

comments