काठमाडौं । संविधान सभाबाट रुपान्तरि संसद्को कार्याकाल सकिनै लाग्दा पुर्वपदाधिकारीलाई विलासी सुविधा दिने विधेयक पारित गराउन चलखेल सुरु भएको छ ।

महिनौँदेखि संसद्को राज्यब्यवस्था समितिमा रहेको पुर्व्विशिष्ट पदाधिकारीको सुविधासम्बन्धी विधेयकमा पुर्व सांसद्लाई पेन्सन सुविधा घुसाएर पारित गर्ने कसरत सुरु भएको हो । प्रतिनिधिसभा निर्वाचनको उम्मेदवारी मनोनयनको अघिल्लो दिनसम्म मात्रै रुपान्तरित संसद्को कार्याकाल रहने संवैधानिक ब्यवस्था संविधानको धारा २९६ को उपधारा १ को प्रतिबन्धात्मक ब्यवस्थाका कारण संविधान निर्माता ५ सय ९१ सांसद असोज ४ मा ‘भूतपुर्व’ हुँदैछ ।

पूर्वराष्ट्रपतिलाई मासिक दुई लाख रुपैयाँ घरभाडा र ५० हजार रुपैयाँ वृत्ति, पूर्वउपराष्ट्रपतिलाई ७५ हजार रुपैयाँ घरभाडा, सवारी साधन इन्धन र सचिवालयका लागि कर्मचारी सुविधा प्रस्ताव गरिएको पूर्वविशिष्ट पदाधिकारीको सुविधासम्बन्धी व्यवस्था जस्ताको तस्तै पारित भए पूपुका लागि मात्रै राज्यकोषमा करोडौंको व्ययभार थपिन्छ ।

Are you Planing to Study in Australia ? If yes ,Just Click Here and fill this form.

career-in-aus

Comments

comments