काठमाडौं । डिआईजी नवराज शिलवालको रिट सर्वोच्च अदालतले खारेज गरेको छ ।

प्रधान न्यायाधीश गोपाल प्रसाद पराजुली न्यायाधीशहरु ओमप्रकाश मिश्र, केदारप्रसाद चालिसे, शारदाप्रसाद घिमिरे, मीरा खड्का, प्रकाशमान सिंह रावत र पुरुषोत्तम भण्डारीको बृहद् पूर्ण इजलासले यस्ताे फैसला गरको हो ।

कार्य सम्पादन र मूल्याङकनको आधारमा प्रकाश अर्याल अगाडी रहेको भन्दै अदालतले  सिलवालको रिट खारेज गर्दै अर्को आदेश आवश्यक नरहेको जनाएको छ ।

सिलवालको रिट खारेजसँगै नेपाल प्रहरी प्रमुखमा प्रकाश अर्यालको नियुक्ती कानूनसम्वत रहेको अदालतको ठहर रहेको छ ।

Comments

comments