मेलबर्न । अष्ट्रेलियामा रहेतापनि नेपाली गीतहरुमा तालमा ताल मिलाउने ‘द नेक्स्ट’ समूह यसपाली घिन घिन मादलुको तालमा नाचेका छन् । द नेक्स्टले ‘घिन घिन बज्यो’ बोलको म्युजिक भिडियो सार्वजनिक गरेको हो ।

समिर आचार्यको स्वर तथा चिन्तामणि शर्माको शब्द रहेको गीतको म्युजिक भिडियोलाई नाट्य रुपले रमाइलो बनाइएको छ।

प्रदिप लामाले निर्देशन गरेको भिडियोमा द नेक्स्टको साथमा सरिता उप्रेतीको अभिनय रहेको छ । उक्त म्युजिक भिडियोलाई अभियान थापाले छायांकन तथा सम्पादन गरेका छन्। म्युजिक भिडियोका निर्माता बिष्णु नेपाल हुन् ।

Comments

comments