काठमाडौँ । नेपालमा २००७ सालमा प्रजातन्त्र स्थापना भएपछि ३६ वटा सरकार बनिसकेका छन् । यो क्रममा शेरबहादुर देउवा मात्रै चार पटकसम्म प्रधानमन्त्री भइसकेका छन् ।

शेरबहादुर देउवाले ६७ वर्षका सबै रेकर्ड तोडेका छन्, मन्त्री भर्नामा । संविधान कार्यान्वयनको चरणमा छ र २०७४ माघ ७ गतेदेखि संविधान पूर्णतः कार्यान्वयनमा ल्याउनु पर्छ । यसको अर्थ २०७४ माघ ७ गतेपछि केन्द्रमा मन्त्री र राज्यमन्त्रीसहित अधिकतम २५ जनाको केन्द्रीय मन्त्रिपरिषद् रहने छ । तर आइतबार साँझ मात्रै प्रधानमन्त्री शेरबहादुर देउवाले ३ मन्त्री र एक राज्यमन्त्री थप गरी २०५२ सालको आफ्नो रेकर्ड तोड्दै ५४ सदस्यीय जम्बो मन्त्रिमण्डल बनाए ।

चौथोपटक प्रधानमन्त्री भएका शेरबहादुर देउवाले प्रधानमन्त्री भएको ९८ दिनमा छैटौँपटक मन्त्रिमण्डल विस्तार गरेर नेपाली जनतालाई ऋणको भारी बोकाउनु भएको छ ।

मन्त्रिपरिषद्ले २०६८ मा बनाएको प्रधानमन्त्री, उपप्रधानमन्त्री, मन्त्री तथा राज्यमन्त्रीको सेवा सुविधासम्बन्धी संशोधित मापदण्डमा एकजना मन्त्रीले कम्तीमा १० कर्मचारी राख्न पाउँछन् । मन्त्रीले ७ राजनीतिक वा व्यक्तिगत नियुक्ति र कम्तीमा ३ सरकारी कर्मचारी सचिवालयमा प्रयोग गर्न पाउँछन् ।

Comments

comments