मेलबर्न । अष्ट्रेलियाको मेलबर्नमा रहेको नेपाली समुदायको गोर्खाली क्रिकेट क्लबले गोर्खाली कप आयोजना गर्ने भएको छ । एक पत्रकार सम्मेलनको आयोजना गरि क्लबले आगामी २३ र २४ सेप्टेम्बरमा गोर्खाली कपको आयोजना गर्ने घोषणा गरेको हो ।

कार्यक्रमा क्लबले आफ्नो नयाँ लोगो सार्वजनिक गर्दै महिला टिमको गठनको तयारि अन्तिम अवस्थामा पुगेको र छिट्टै टिम घोषणा गर्ने जानकारी दिएको थियो । क्लबले इभेन्ट क्यालेन्डर पनि छिट्टै सार्वजनिक गर्ने बताएको छ । क्लबले गोर्खाली क्लबमा आबद्ध हुन चाहने नेपाली समुदायको लागि सदस्यता दर्ता समेत खुल्ला गरेको छ ।

शनिबार आयोजित पत्रकार सम्मेलनमा क्लबका कार्यक्रमहरुमा मूख्य प्रायोजन गर्दै आएको ग्रेस इन्टरनेशनल मेलबर्न, इभेन्ट पार्टनर नेप्ले इभेन्ट्स, प्रायोजकहरु गुडविल फाइनान्स, बिग बेली, बुद्ध ट्राभल्स एण्ड टुर्स, महालक्ष्मी ग्रोसरी लगायत अष्ट्रेलियाको नेपाली समुदायको प्रबर्द्धनमा लागिरहेको नेपलिज एसोसिएसन अफ भिक्टोरिया, द हिमालयन क्लबलाई विशेष धन्यवाद प्रदान गरिएको थियो ।

 

 

Comments

comments