काठमाडौं । काठमाडौंबाट दशैंमा घर फर्किने यात्रुहरुका लागि आजबाट अग्रिम टिकट बुकिङ खुल्ला गरिएको छ ।

सरकारले भदौ २१ गतेदेखि नै अग्रिम बुकिङ खुला गर्ने जनाए पनि बस ब्यवसायीहरुले विभिन्न माग राख्दै अग्रिम बुकिङ खुलाउन अस्वीकार गर्दै आएका थिए ।

ब्यसायीहरुको मागअनुसार सरकारले बसको छत राख्न दिने सहमति गरेपछि ब्यवसायीहरु बुकिङ खुलाउन सहमत भएका हुन् । सहमतिअनुसार छतमा यात्रुको लगेज मात्रै राख्न पाइनेछ ।

यातायात ब्यवसायीहरुले सडकको अवस्था राम्रो नभएको भन्दै खाल्डाखुल्डी पुर्नुपर्ने तथा गाडी भाडा समायोजन गर्नुपर्ने लगायतका माग राख्दै आएका थिए ।

 

Are you Planing to Study in Australia ? If yes ,Just Click Here and fill this form.

career-in-aus

Comments

comments