मेलबर्न । अष्ट्रेलियामा यो हप्ता प्रधानमन्त्री मल्कोल्म टर्नबुलको एक फोटोले संचारमाध्यमहरुमा सनसनी मच्यायो । प्रधानमन्त्रीले आफ्नी नातिनी लिएको फोटोले सबैको ध्यान खिचेको हो ।

शनिबार सिड्नीमा अष्ट्रेलियन रुल्स फुटबलको फाइनल खेल हेर्दैगर्दा काखमा नातिनी र हातमा बियरको गिलास लिएको फोटो प्रधानमन्त्रीले आफ्नो फेसबुकमा राखेका थिए । त्यसपछि सामाजिक संजाल प्रयोगकर्ताहरुले सानो बच्चालाई काखमा लिएको बेला , हातमा रक्सि भनेर उनको आलोचना गरे । आलोचनाले तिव्र रुप लिन थालेपछि प्रधानमन्त्रीको पक्षमा पनि सर्वसाधारण देखी विपक्ष दलका नेताहरु समेत लागे ।

यसरि सामान्यरुपमा निम्तिएको विवादले संचारमाध्यमहरुलाई समेत ओगट्यो।

एक स्थानिय संचारमाध्यमले यस बारेमा गरेको प्रश्नमा प्रधानमन्त्री टर्नबुलले भनेका छन् , ” यो सामजिक संजाल चलाउनेहरुको दृष्टिकोण हो । सबैको आ-आफ्नो दृष्टिकोण हुन्छ । कुनै पनि क्रियाकलाप अरुको अगाडी राम्रो देखिनको लागि भन्दा आफू रमाउनको लागि र खुशी हुनको लागि गर्नुपर्छ । “

Comments

comments