एजेन्सी । भारतको झारखण्डमा भएको भयानक बलात्कारको घटना बाहिर आएको छ । झारखण्डको दुम्कामा २० वर्षिया एक युवतीलाई १८ देखि २० को संख्याका युवकहरुले सामूहिक बलात्कार गरेको घटना भारतीय संचारमाध्यमहरुमा आएको हो ।

बेलुका ६ :३० बजे आफ्नो केटासाथीसंग घर फर्किरहंदा, केटा साथीलाई पिट्ने र बाँध्ने गरेर उनीहरुले युवतीलाई बलात्कार गरेका थिए । युवकहरु १८ देखि २२ वर्ष उमेर समूहका थिए । आक्रमण गर्दा सुरुमा ६ जनाको समूहमा भएका उनीहरुले फोन गरेर आफ्ना साथीहरु बोलाएको बताइएको छ ।

बलात्कारको प्रमाण मेट्नको लागी उनीहरुले अन्त्यमा युवतीलाई पोखरीमा नुहाउन बाध्य पारेका थिए । युवतीका केटा साथीले उनलाई लुगा लगाइदिएर प्रहरीसमक्ष गएका हुन् ।

Comments

comments