काठमाडौं । मलेसियामा जारी एसीसी यू–१९ एसिया कप छनोटको पहिलो खेलमा नेपालले बिजयी सुरुवात गरेको छ ।

एसीसी यू–१९ एसिया कप छनोटको पहिलो खेलमा नेपालले थाइल्याण्डलाई २ सय ५६ रनको भारी अन्तरले पराजित गर्दे विजयी शुरुवात गरेको हो ।

निर्धारित ५० ओभरको समाप्तिमा ७ विकेट गुमाएर २ सय ८२ रनको लक्ष्य प्रस्तुत गरेको नेपालले थाइल्याण्डलाई १० ओभरमा मात्र २६ रनमा अलआउट गर्यो ।

नेपालका लागि उपकप्तान सन्दीप लामिछानेले ७ विकेट लिएका छन । कप्तान दिपेन्द्रसिह ऐरीले १ विकेट लिदा नन्दन यादब, किशोर महतो, शाहब आलमले समान १ विकेट लिएका छन् ।

यसअघि पहिले ब्याटिङ गरेको नेपालले ५० ओभरको समाप्तिमा ७ विकेट गुमाएर २ सय ८१ रन बनाएको थियो । नेपालका लागि अनिल कुमार शाहले ९१ रनको पारी खेले ।

यस्तै, प्रनित थापा मगर ५० , आसीफ शेख २१ रनमा पभेलियन फर्किए भने सन्दिप सुनारले ३२, कप्तान दीपेन्द्र सिंह ऐरीले २२ तथा रोहितकुमार पौडेलले २८ रन जोडे । उता पवन सराफ २२ रन जोडे भने  किशोर महतो २ रनमा अविजित रहे । बलिङ तर्फ थाइल्याण्डका लागि पैयुपुथ सङ्नार्डले सर्वाधिक ३ विकेट हात पारे ।

प्रतियोगिताकै कमजोर टिम मानिएको थाइल्याण्डलाई पराजित गर्दै उत्कृष्ट सुरुवात गरेको नेपाल एसिया कपको लागि छनोट हुने दाउमा छ । छनोटको समूह ए मा रहेको नेपालले दोस्रो खेलमा सेप्टेम्बर १३ मा भुटानविरुद्ध खेल्नेछ भने समूह चरणको अन्तिम खेलमा सेप्टेम्बर १४ तारिखमा सिंगापुर विरुद्ध खेल्नेछ । समूह बी मा चीन, मलेसिया, हङकङ र म्यानमार छन । छनोटको फाइनलमा पुग्ने दुई टोली एसिया कपको लागि छनोट हुनेछ ।

Comments

comments