मेलबर्न । गैरआवासीय नेपाली संघ (एनआरएन) अष्ट्रेलियाको नेतृत्वले नेपालका बाढी पहिरो पीडितका लागि ५० दिनमा करिब ५० लाख रुपैयाँ संकलन गरेको छ । एनआरएन अष्ट्रेलियाको निर्वाचन पछि नेतृत्व सम्हालेको ५० दिनमै नयाँ नेतृत्वले करिब ५० लाख सहयोग रकम संकलन गर्न सफल भएको हो।

यस अभियानमा सहयोग गर्ने संघ, संस्था, प्रतिनिधिहरु लगायत सम्पूर्णलाई धन्यवाद व्यक्त गर्दै एनआरएन अष्ट्रेलियाका अध्यक्ष टोनु घोतानेले भन्नुभयो, “ संकलित सहयोग रकम छिट्टै नेपालमा बाढी पीडितको लागि आईसीसी मार्फत पठाइने छ। यो सहयोग रकमलाई हामीले पारदर्शी रुपमा नेपालमा पीडितहरुसम्म लैजानेछौं ।”

एनआरएनए अष्ट्रेलियाको यस अभियानमा चितवन समाज भिक्टोरिया, गुल्मी समाज भिक्टोरिया, नेपाल जनप्रगतिशील मञ्च अष्ट्रेलिया, रुपन्देही समाज, गोर्खा समाज, नर्दन विच नेप्लीज एशोसिएसन, गल्कोट समाज, डब्बो नेप्लीज एशोसिएसन, नेप्लीज एशोसिएसन अफ वेष्टर्न अष्ट्रेलिया, सगरमाथा क्रिकेट क्लब मेलबर्न लगायत इच्छुक व्यक्तिहरुले हातेमालो गरेका थिए । बाढी प्रभावित केही जिल्लाका अष्ट्रेलियास्थित समाजहरुले भने आफ्नै तवरमा सहयोग संकलन गरी राहत वितरण गरेका थिए ।

Are you Planing to Study in Australia ? If yes ,Just Click Here and fill this form.

career-in-aus

Comments

comments