एजेन्सी । भारतीय संगीतकार करन जोसेफले आत्महत्या गरेका छन्।

प्रहरीका अनुसार आफ्ना साथीसँग एक महिनादेखि बस्दै आएको भवनको १२ औं तलाको झ्यालबाट उनले हामफालेका हुन्।

२९ वर्षीय जोसेफ पियानोवादक करन आफ्ना साथीहरुसँग बसेर टिभी हेरिरहेका बेला अचानक उठेर झ्यालतिर गएका र त्यहाँबाट हामफालेका उनका साथीले बताएका छन्। करनलाई तत्काल अस्पताल लगिएको थियो, जहाँ उनलाई मृत घोषणा गरियो।

प्रहरीले कुनै सुसाइड नोट नभेटेपनि केही समययता करन निकै चिन्तित रहेको बताइएको छ।

Are you Planing to Study in Australia ? If yes ,Just Click Here and fill this form.

career-in-aus

 

Comments

comments