मेलबर्न । उद्यमी बन्ने धेरैको चाहना हुन्छ तर केहि गल्ती अथवा लापरबाहीले गर्दा सबै सफल हुन सक्दैनन् । अष्ट्रेलियामा सबै क्षेत्रमा प्रतिस्पर्धा छ । तर सम्भावना र अवसर पनि धेरै छन् । यहाँ अष्ट्रेलियामा उद्यम शुरु गर्दा ध्यान दिनुपर्ने केही कुराहरुको चर्चा गरिएको छ :

१. राम्रोसँग विषयवस्तुको अध्ययन गरेर योजना बनाउनुपर्छ । कहिले, कहाँ, कसरी जस्ता सबै कुराबारे स्पष्ट खाका तयार गर्नुपर्छ । योजना बनाउँदा यदि प्राथमिकतामा पारिएको कुराहरुले काम नगरेको खण्डमा अप्नाउन सकिने विकल्पहरु पनि तयार गर्नुपर्छ ।

२. आफूले काम गर्न लागेको क्षेत्रको सफल उद्यमीहरु, प्रतिस्पर्धीहरु र सम्भावित उपभोक्ताहरुसंग राम्रो सम्बन्ध विस्तार गर्नुपर्छ ।

३. सिक्ने बानि बसाल्नुहोस् । काम शुरु नगर्दै र गरेपछि पनि नयाँ जानकारी र खोजमा रुचि राख्नुहोस् ।

४. कुनै पनि काम एक्लै पूरा गर्न गाह्रो हुन्छ जसले गर्दा समूहको आवश्यकता पर्छ । समूहमा योग्य र सहयोगी सदस्यहरुको छनोट गर्नुहोस् ।

५. कसैसंग सहयोग लिन नहिच्किचाउनुहोस् । व्यवसायसँग सम्बन्धित आवश्यक परामर्श लिने बानी गर्नुहोस् । आफू अप्ठ्यारो परिस्थितिमा भएको महसुस गर्दा परामर्शदाता कहाँ जानुहोस् ।

Are you Planing to Study in Australia ? If yes ,Just Click Here and fill this form.

career-in-aus

Comments

comments