एजेन्सी । क्यारिबियन टापु र क्युबामा व्यापक विनास निम्त्याएको शक्तिशाली इर्मा आँधीले अमेरिकामा २५ जनाको मृत्यु भएको छ ।

अमेरिकाको फ्लोरिडा राज्यको दक्षिणी टापुहरुमा ठूलो हावाहुरी आएको बताइएको छ । हावाको गति २०९ किलोमिटर प्रतिघण्टा रहेको बताइएको छ ।

फ्लोरिडाका गभर्नर रिक स्कटले राज्यको पश्चिमी तटीय क्षेत्रलाई लिएर आफू अत्यन्त चिन्तित रहेको बताएका छन् । इर्मा ऑधी फ्लोरिडाको पश्चिमी क्षेत्रमा पुग्ने अनुमान गरिएको छ ।

सरकारले त्यस क्षेत्रका ६३ लाखभन्दा बढी मानिसलाई सुरक्षित स्थलमा जान भनेको छ । १० लाखभन्दा बढी घर बिजुलीविहीन भएका छन् । करिब ५० हजार मानिसले अस्थायी आश्रयस्थलमा शरण लिइरहेको बताइएको छ ।

Are you Planing to Study in Australia ? If yes ,Just Click Here and fill this form.

career-in-aus

Comments

comments