मेलबर्न । अष्ट्रेलियामा रहेका नेपालीहरुको कथा समेटिएको नेपाली चलचित्र बन्ने भएको छ । पछिल्लो समय अष्ट्रेलियालाई आफ्नो कर्मभूमी बनाइरहेका निर्देशक जीवन रसाइलीले चलचित्र निर्माण गर्ने घोषणा गरेका हुन् ।

आगामी वर्ष अर्थात २०१८ मा चलचित्र निर्माण गर्ने घोषणा गर्दै निर्देशक रसाइलीले भने, ” अष्ट्रेलियामा रहेका नेपालीहरुको माया, हाँसो , रोदन नै चलचित्रको मूख्य कथावस्तु रहनेछ । चलचित्रमा अष्ट्रेलियन र नेपाली कलाकारहरुको अभिनय रहने छ भने छायांकन अष्ट्रेलिया तथा नेपालको विभिन्न ठाउँमा गरिने योजना रहेको छ। ”

अष्ट्रेलियाको मेलबर्नमा वसोवास गरिरहेका निर्देशक रसाइलीले अष्ट्रेलियामा नै रहेर दर्जनौ म्युजिक भिडियो,लघु चलचित्र, विज्ञापन तथा डकुमेन्ट्रीहरु निर्देशन, छायांकन तथा सम्पादन गरिसकेका छन् । अष्ट्रेलियामा बनेका धेरैजसो नेपाली म्युजिक भिडियोमा निर्देशकको नाममा जीवन रसाइलीको नाम आउने गर्छ ।

Are you Planing to Study in Australia ? If yes ,Just Click Here and fill this form.

career-in-aus

Comments

comments