काठमाडौं । निर्वाचन आयोगले मन्त्रिपरिषद् विस्तारले निर्वाचन आचारसंहिता उल्लघंन हुने भन्दै आपत्ति जनाएको छ । नागरिक दैनिकमा समाचार छ ।

निर्वाचन आयुक्त नरेन्द्र दाहालले निर्वाचन कार्यतालिका आगू भइसकेपछि मन्त्रिपरिषद् विस्तार गर्नु आचारसंहिताको उल्लंघन हुने बताए । ‘मन्त्रिपरिषद् विस्तारलाई निर्वाचन आचारसंहिता पालना भएको मानिने छैन । सरकार कसरी अघि बढ्छ । त्यसैअनुसार प्रतिक्रिया आउनेछ’ दाहालले भने ।

प्रमुख निर्वाचन आयुक्त अयोधिप्रसाद यादवले आयोग ‘पर्ख र हेर’ को अवस्थामा रहेको बताए । ‘सरकार सोमबार कसरी अघि बढ्छ त्यसैअनुसार प्रतिक्रिया आउनेछ,’ यादवले भने । निर्वाचन परिणाम प्रभावित गर्नेगरी कुनै पनि निर्णय गर्न सरकारलाई आचारसंहिताले रोक्छ । सरकारले आयोगको स्वीकृतिबेगर कुनै पनि सरकारी अधिकारीको सरुवा र नयाँ नियुक्ति गर्न पाउँदैन ।

पूर्व प्रमुख निर्वाचन आयुक्त दोलखबहादुर गुरुङले प्रदेश र प्रतिनिधिसभा चुनावका लागि आचरसंहिता लागू भइसकेको अवस्थमा कसैलाई मन्त्री बनाउन नसकिने बताए । फइलः तस्बिर

Are you Planing to Study in Australia ? If yes ,Just Click Here and fill this form.

career-in-aus

Comments

comments