डडेलधुरा । बहुप्रतिक्षित पञ्चेश्वर बहुउद्देश्यीय परियोजना तत्काल रोक्न माग गर्दै भारतीय सीमावर्ती क्षेत्रमा दिनहुँ आन्दोलन भइरहेको छ ।

भारत सरकाले हिमालय बचाऔं अभियान सञ्चालन गरिरहेका बेला सीमावर्ती भारतीय शहर झुलाघाटका बासिन्दाले पञ्चेश्वर बाँध रोक्न दबाब दिँदै प्रदेश र केन्द्रीय सरकारको पुत्लादहन गरेर प्रदर्शन गरिरहेका छन् । झुलाघाट क्षेत्र पञ्चेश्वर बहुउद्देश्यीय परियोजनाको डुबान क्षेत्रमा पर्छ ।

जल सरोकार क्षेत्रमा क्रियाशील ‘महाकालीकी आवाज’ नामक संस्थाको आयोजनामा झुलाघाट मात्र होइन, डुबान क्षेत्रमा समेत पछिल्लो समय दिनहुँजसो आन्दोलन भइरहेको आन्दोलनको अगुजवाइ गरिरहेको झुलाघाट व्यापार संघका अध्यक्ष नीरज भट्टलाई उद्धृत गर्दै भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।

Are you Planing to Study in Australia ? If yes ,Just Click Here and fill this form.

career-in-aus

Comments