काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले तीन मन्त्री र एक जना राज्यमन्त्री नियुक्त गर्नु भएको छ । नवनियुक्त मन्त्री र राज्यमन्त्री सपथ सोमबार मात्र हुने बताइएको छ ।

राप्रपा प्रजातान्त्रिकबाट दिपक बोहोरा विज्ञान, विक्रम पाण्डे वन र सुनिलबहादुर थापा उद्योगमन्त्री हुने बताइएको छ ।  यस्तै राज्यमन्त्रीमा रेशम लामालाई उद्योग राज्यमन्त्रीको जिम्मेवारी दिन लागिएको बताइएको छ ।

नयाँ मन्त्री र राज्य मन्त्रीहरुको सोमबार बिहान ११ बजे सपथ ग्रहण गराउने बताइएको छ । नयाँ थपिएका मन्त्री र राज्यमन्त्रीसँगै देउवा सरका ५४ सदस्यीय हुनेछ । जुन नेपालमा अहिलेसम्मकै जम्बो बन्ने भएको छ ।

Are you Planing to Study in Australia ? If yes ,Just Click Here and fill this form.

career-in-aus

Comments

comments