एजेन्सी । चीनको डिजेल र पेट्रोलबाट चल्ने कारको उत्पादन र बिक्रीमा प्रतिबन्ध लगाउने योजना सार्वजनिक गरेको छ ।

चीनका उप उद्योग मन्त्रीले यसबारे अनुसन्धानको सुरुवात भइसकेको तर प्रतिबन्धको समय तोक्न भने बाँकी रहेको जनाएको छ ।

चीनले पछिल्लो वर्षमा २८ मिलियन कार उत्पादन गरेको थियो । चिनियाँ स्वामित्व भोल्बो नामक कार उत्पादक कम्पनीले भोल्बोको सबै कार मोडेलमा सन् २०१९ देखि विद्युत मोटरबाट चल्ने जनाएको छ । रेनल्ट–निसान, फोर्ड, जनरल मोटर्स जस्ता विश्वका कार कम्पनीकोे चीनमा विद्युतीय कार निर्माणको कार्य भइरहेको छ ।

प्रदुषण र कार्बन उत्सर्जन कम गर्ने प्रयासअनुरुप बेलायत र फ्रान्सले सन् २०४० भित्र डिजेल र पेट्रोलबाट चल्ने सवारी साधन प्रतिबन्ध लगाउने घोषणा गरेको छ । यस प्रतिबन्धले चीनको तेल मागमा असर पर्ने बताइएको छ । अमेरिकापछि चीन संसारमा सबैभन्दा बढी तेल उपभोग गर्ने राष्ट्र हो ।

Comments

comments