काठमाडौं। बलिउड अभिनेत्री शिल्पा शेट्टीको बडीगार्डले एक फोटोग्राफरलाई कुटेर घाइते बनाएका छन्। मुम्बइको एक होटलबाट श्रीमानसँग बाहिर निस्कने क्रममा शिल्पाको फोटो खिचेका फोटोग्राफरलाई बडीगार्डले कुटेका हुन् ।

मुम्बइको एक होटलबाट श्रीमानसँग बाहिर निस्कने क्रममा फोटोग्राफरले शिल्पाको तस्बिर खिच्न थालेपछि उनले केही छिन उभिएर पोज दिईन्।त्यसपछि अभिनेत्री कार लिएर हिँडेलगत्तै बडीगार्डले फोटोग्राफमाथि हमला गरेको भारतीय सञ्चार माध्यमहरूले जनाएका छन्। भिडियोमा घटनाका प्रत्यक्षदर्शीले फोटोग्राफरको कुनै गल्ती नभएको बताएका छन् ।

बडीगार्डको हमलाबाट फोटोग्राफर हिमांशु शिंदे र सोनू शिंदे घाइते भएका हुन्। घटनापछि पुगेको प्रहरीले बडीगार्डलाई नियन्त्रणमा लिएको छ।

Comments

comments