मेलबर्न । अष्ट्रेलियाको मेलबर्नस्थित नेपाली महावाणिज्यदूतको कार्यालयले अष्ट्रेलियामा रहेका नेपाली व्यवसायी तथा व्यवसाय सुरु गर्न चाहनेहरुसंग अन्तरक्रिया कार्यक्रम गर्ने भएको छ ।

गत २९ अगस्टमा नेपाली दुतावासले आयोजना गरेको अष्ट्रेलियामा रहेका नेपाली प्रतिनिधिहरुसंगको छलफल कार्यक्रममा अधिकांश सहभागीहरुले नेपाल र अष्ट्रेलियालाई व्यवसायद्वारा जोड्ने र नेपालको आर्थिक विकासमा टेवा पुर्याउनेबारे प्रस्ताव राखेका थिए । सोही अनुरुप आफूहरु अघि बढ्न चाहेकोले कार्यक्रमको आयोजना गरिएको महावाणिज्यदूत चन्द्र योञ्जनले बताउनुभयो ।

कार्यक्रममा अष्ट्रेलियामा क्रियाशील नेपाली व्यवसायी तथा व्यवसाय गर्ने सोंचमा रहेकाहरुलाई सहभागी हुन अपिल गरिएको छ । ककटेल नाइट नाम दिइएको उक्त कार्यक्रम आगामी १५ सेप्टेम्बरमा हुनेछ । महावाणिज्यदुत कार्यालयमा हुने यस अन्तरक्रिया कार्यक्रमबाट भिक्टोरियामा व्यवसायी संघ गठन गरि नेपाली व्यवसायको प्रबर्द्धन तथा आर्थिक विकासमा टेवा पुर्याउने लक्ष्य लिइएको छ ।

File Photo

Comments

comments