कविता : मलाई राम्री बन्नु छ !

खोइ ऐना देऊ त

मलाई राम्री बन्नु छ ,
यो रुखो कपाललाई
सिल्की बनाउनुछ,
यो कालो अनुहारलाई
गोरो बनाउनु छ ।

सिकाउन मलाई
लज्जालु कसरी बन्ने ?
मलाई त उहाँको अगाडि
शीर निहुराउनु छ ,
उहाँले प्रश्न गर्दै गर्दा
घोप्टे मुन्टो लाउनु छ ।

हिडनुपर्छ कसरी
बस्नुपर्छ कसरी,
बिग्रने पो हो कि कतै
मुटु धड्किदैछ बेस्सरी ,
डर लाग्दैछ भित्रभित्रै
ठहरिने पो हुँ कि उत्ताउली ।

भनिदेउन मलाई
कति राखूँ चियामा चिनी ?
डर लाग्छ पकाउने कलामा
म उत्तीर्ण भईनँ भने ,
यदि मेरी आमाको
नाक काटियो भने ?

म वहांको आगाडि
बिस्तारै बोल्नुपर्नेछ,
मेरा केटा साथीबारे थाहा पाए
मेरा बाबाको साख झर्ने छ,
सिकाइदेउन मलाई
बत्तीस लक्षण मैले देखाउँनुछ ।

जिन्दगीको सबैभन्दा
ठूलो परीक्षा,
मलाई विशिष्ट श्रेणीमा
उत्तीर्ण गर्नुछ,
बिहेको लागि मलाई हेर्न
आज वहाँ आउदै हुनुहुन्छ ।

– कामना न्यौपाने 

Are you Planing to Study in Australia ? If yes ,Just Click Here and fill this form.

career-in-aus

Comments

comments