नेपालले एएफसी अण्डर सिक्सटीन च्याम्पियनसिपमा आज उज्वेकिस्तानसँग खेल्दैछ ।

नेपाली टोलीका प्रशिक्षक बालगोपाल महर्जनले उज्वेकिस्तान विरुद्धको खेल महत्वपूर्ण हुने बताएका छन् । हिजो शनिबार प्रिम्याच कन्फ्रेन्समा महर्जनले विगतको भन्दा नेपाली टोलीको खेल्ने शैलीमा धेरै सुधार आएको बताएका छन् । तर आज उज्वेकिस्तानविरुद्धको खेलमा कप्तान बिमल घर्तिमगरले भने खेल्ने छैनन् ।

Comments