काठमाडौं । चर्चित एवम् लोकप्रिय गायक हेमन्त शर्माका छोरा हिरक हेमन्त भट्टराईले ‘सरि’ भनेका छन् । हिरकले पहिलो पटक गाएको गीत ‘आइएम सरी’ को म्युजिक भिडियो सार्वजनिक भएको हो ।

हाल अध्ययनको सिलसिलामा अष्ट्रेलियामा रहेका हिरकले आफ्नै बुबाको शब्द र संगीतमा करिब दुई वर्षअघि नै गीत रेकर्ड गराएको भए पनि म्युजिक भिडियो भने हालै मात्र सार्वजनिक गरेका हुन् । ‘आइएम सरी’ बोलको गीतको म्युजिक भिडियोमा रुक्शा शर्माका साथमा हिरक आफैले अभिनय गरेका छन् ।

Comments

comments