काठमाडौं । लामो समयदेखि जारी रहेको कतार संकट समाधानका लागि कतारका नरेश अमिर र साउदीका राजकुमारबीच टेलिफोन वार्ता भएको केही समयपछि साउदी अरबले कतारसंगको वार्ता स्थगित गरेको छ ।

साउदी अरब, बहराईन, ईजिप्ट तथा संयुक्त अबर ईमिरेट्स र कतारबीच लामो समयदेखि विद्यमान कुटनितिक समस्या समाधानका लागि वार्ता गर्ने विषयमा नरेश सेख तामिम बिन हमाद अल थानी र साउदीका राजकुमार मोहम्मद बिन सलमानबीच टेलिफोन वार्ता भएको थियो ।

कतारी नरेश र साउदी राजकुमारबीच कुराकानी भएको केहि सयमा नै वार्ताका लागि कतार गम्भिर नभएको आरोप लगाउँदै साउदी अरबले दुई देशबीचको सम्पर्क तत्कालका लागि स्थगित गरेको घोषणा गरेको छ ।

Are you Planing to Study in Australia ? If yes ,Just Click Here and fill this form.

career-in-aus

Comments

comments