मेलबर्न । नेपाली चलचित्रकी चर्चित अभिनेत्री केकी अधिकारी अष्ट्रेलियामा बस्ने दीपकको पर्खाइमा रहेकी छिन् । अष्ट्रेलियामा बसेर पनि नेपाली गीत संगीतप्रतिको लगावलाई उत्तिकै राखिरहेका टिका दाहालको शब्द तथा संगीत रहेको सुमधुर गीत ‘नौ डाँडा पारी’ को भिडियोमा केकी अधिकारि मोडल दीपक परियारको पर्खाइमा रहेको दृश्य समावेश गरिएको हो ।

आघा लामाको स्वर तथा संगीत संयोजन रहेको गीतमा नायिका केकी अधिकारी र दीपक परियारले प्रेमी-प्रेमिकाको भूमिकामा अभिनय गरेका छन् ।

अष्ट्रेलियामा छायांकन गरिएको भिडियोमा जीवन रसाइलीको छायांकन, निर्देशन तथा सम्पादन रहेको छ ।

Comments

comments