एजेन्सी । भारतको अम्बरनाथमा एक युवतीलाई उनकै साथीहरुएल बलात्कार गरेर मारेका छन् । पेशाले आइटि इन्जिनियर ती युवतीलाई २५ वर्षीय अक्षय भलोड़े र २४ वर्षीय निक्लेश पटिलले बलात्कार गरि हत्या गरेका हुन् ।

अर्को साथी निलेशसंग उनी अक्षय भलोड़ेको घरमा गएकी थिईन् । निलेश केही कामले बाहिर निस्किएपछी त्यहाँ रहेका अक्षय र निकलेशले उनलाई पालै पालो बलात्कार गरेर मारेका थिए । त्यसपछि निलेश नआउंदै उनीहरुले युवतीको शवलाई सुटकेसमा राखेर फोहोरमा फालेका थिए । निलेश फ़र्किएपछि साथीको बारेमा सोधखोज गर्दा उनीहरुले सत्य बताएका थिए । त्यसपछि निलेशले नै उनीहरुलाई प्रहरीको जिम्मा लगाएका हुन् ।

गत ४ सेप्टेम्बरमा हत्या गरिएकी ती युवती नागपुरका सब इन्स्पेक्टरकी छोरी भएको बताइएको छ ।

Comments

comments