मेलबर्न । अष्ट्रेलियनले आफूहरुसंग भएका २६ हजार बन्दुक सरकारलाई बुझाएका छन् । अष्ट्रेलिया सरकारले आफूसंग भएको अवैध बन्दुक बुझाउन सबै अष्ट्रेलियावासीसंग अनुरोध गरेपछि अष्ट्रेलियावासीले आफूसंग भएका अवैध हतियार बुझाएका हुन्  ।

सरकारले बन्दुक बुझाउँदा कुनै पनि खालको सोधखोज, सजाय नगरिने बताउँदै यो सुविधा जुलाई १ देखि तीन महिना सम्मको अवधिको लागि हुने घोषणा गरेको थियो । साथै दिईएको यो म्याद अर्थात् आगामी ३० सेप्टेम्बर कटिसकेपछि बन्दुक भेटिएको खण्डमा २८०,००० अष्ट्रेलियन डलर वा १४ वर्ष सम्मको जेलसजाय हुने समेत सुचना जारि गरिएको थियो ।

अपराधिक क्रियाकलापमा अवैध हतियारहरु प्रयोग हुँदै आइरहेको हुँदा यसले अष्ट्रेलियाको सुरक्षामा सहयोग पुग्ने विश्वास रहेको सरकारले बताएको छ ।

Are you Planing to Study in Australia ? If yes ,Just Click Here and fill this form.

career-in-aus

Comments

comments