एजेन्सी । क्यारेबियन क्षेत्रमा क्षति निम्त्याएको इर्मा नामक सामुद्रिक आँधी अमेरिकाको फ्लोरिडातर्फ अघि बढ्दैछ । अमेरिकी संघीय आपतकालिन एजेन्सीका प्रमुख ब्रक लङकाअनुसार इर्माले फ्लोरिडालाई तहसनहस बनाउन सक्ने आशंका गरिएको छ । दुई करोड जनसंख्या रहेको फ्लोरिडाका करिब १० लाख मानिसहरुलाई सुरक्षित स्थानमा लगिएको छब ।

फ्लोरिडाका मानिसहरु उत्तरतर्फ बढिरहेकाबेला ठूलो ट्राफिक जाम भएको छ भने राज्यमा पेट्रोलको अभाव देखिएको छ ।  आँधीले ठूलो क्षति पुर्याएको बारब्युडा टापुबाट मानिसहरुलाई सुरक्षित स्थानमा सार्ने काम सकिएको बताइएको छ ।

आँधीका कारण अमेरिकाको प्युर्टो रिकोका आधाभन्दा बढी घरहरुमा बिजुली आपूर्ति बन्द भएको छ ।

Are you Planing to Study in Australia ? If yes ,Just Click Here and fill this form.

career-in-aus

 

Comments

comments