मेलबर्न । हिन्दु धर्म र बुद्ध धर्ममा पूजाआजको काममा मासुलाई वर्जित गरिन्छ । तर, अष्ट्रेलियामा एक मासु पसलको विज्ञापनमा भगवान गणेश र बुद्धले अरु धर्मका भगवान संगै बसेर मासु खाइरहेका देखिन्छन् । सन्तुलित आहारको लागि सबै धर्मलाई उपयुक्त मासु भन्ने संदेशका साथ बनाइएको भिडियो युट्युब मार्फत सार्वजनिक गरिएको हो ।

युट्युबमा भिडियो राखेपछि आएका आलोचनात्मक कमेन्टका कारण सबै कमेन्ट अहिले नदेख्ने बनाइएको छ । अष्ट्रेलियाका विभिन्न सहरबाट सुरु भएको यो विज्ञापनको विरोध अहिले अरु देशहरुमा समेत फैलिएको छ ।

अष्ट्रेलियामा रहेका हिन्दु तथा बुद्ध धर्मका संघ संस्थाले यो विज्ञापनको चर्को विरोध गरेका छन् र यसलाई अष्ट्रेलियाको इन्टरफेथमा लैजाने तयारि गरिएको छ । इन्टरफेथ अष्ट्रेलियामा रहेका सबै धर्मालम्बीहरुको पैरवी गर्ने संस्था हो ।

Comments

comments