एजेन्सी । जेम्स एण्डर्सनले टेस्ट क्रिकेटमा पाँच सय विकेट लिएर किर्तिमान रचेका छन्। ३५ वर्षीय उनी टेस्ट क्रिकेटमा पाँच सय विकेट लिने बेलायतका पहिलो खेलाडी बनेका हुन् ।

एण्डर्सनले वेष्ट इन्डिजसँगको अन्तिम टेस्टको दोस्रो दिनको शुक्रबार लर्ड्समा भएको खेलमा आफ्नो खेल जीवनको पाँच सयौं विकेट लिएका हुन् । उनले वेष्ट इन्डिजका क्रेइग ब्रेथवेटलाई बोल्ड आउट गर्दै कीर्तिमानी पाँच सयौं विकेट लिएका हुन् ।

एण्डर्सन टेस्ट क्रिकेटमा पाँच सय वा त्यो भन्दा बढी विकेट लिने विश्वका छटौं खेलडी हुन् । टेस्ट क्रिकेटमा सबै भन्दा बढी विकेट लिने कीर्तिमान श्रीलंकाका मुथैया मुलरिधरणको नाममा छ । उनले ८ सय विकेट लिएका छन् ।

यस्तै अष्ट्रेलियाका शेन वार्नले सात सय ८, भारतका अनिल कुमब्लेले ६ सय १९, अष्ट्रेलियाका म्याकग्रेथले पाँच सय ६३ तथा वेष्ट इन्डिजका वाल्सले पाँच सय १९ विकेट लिएका छन् । त्यसपछि एण्डर्सन छन् ।

Are you Planing to Study in Australia ? If yes ,Just Click Here and fill this form.

career-in-aus

 

Comments

comments