काठमाडौं । विषादी अवशेष दु्रत विश्लेषण प्रयोगशाला बुलटवलमा तरकारी पिरीक्षण गर्दा तीन जातमा खानै नमिल्ने गरी विषादी रहेको भेटियो । अन्नपूर्ण पोस्ट्मा समाचार छ ।

सिमलामिर्चमा ५४ प्रतिशत, बोडी र भ्यान्टामा ४७ प्रतिशत इनह्याविएसन (विषदीको मात्रा) देखियो । मापदण्डअनुसार तरकारीमा ३५ प्रतिशतभन्दा माथि इनह्याबिएसन देखिएमा स्वास्थ्यका लागि हानिकारक मानिन्छ । त्यो मात्रा ४५ प्रतिशत कट्यो भने नष्ट नै गर्नुपर्छ । तर ल्याबबाट पुष्टि भए पनि बुटवल थोक बजार केन्द्रमा भेटिएका तीन जातका तरकारी नष्ट भएनन् । नबेच्न मात्रै आग्रह गरियो ।

विषादी भेटिएको कृषि उपज नष्ट गर्ने ऐन र कार्यविधि नबनेका कारण नष्ट गर्न नपाएको ल्याब प्रमुख रामबहादुर खत्रीले बताए ।

Are you Planing to Study in Australia ? If yes ,Just Click Here and fill this form.

career-in-aus

Comments

comments