काठमाडौँ । राजधानीको नयाँबानेश्वर चोकमा सर्वसाधरण सवार मोटरसाइकललार्इ ठक्कर दिएपछि आफू सवार गाडी लिएर एकजना मन्त्री भागेका छन् ।

सञ्चारराज्य तप्तबहादुर विस्ट सवार बा१झ ७१६३ नम्बरको गाडीले सर्वसाधरण सवार मोटरसाइकललाई ठक्कर दिएपछि नयाँबानेश्वर क्षेत्र तनावग्रस्त भएको थियो । मोटरसाइकललाई ठक्कर दिएपछि मन्त्री सवार गाडी र मन्त्रीलाई प्रहरीले तत्कालै त्यहाँबाट भगाएको थियो ।

ठक्कर दिएको गाडीभित्रै रहेका मन्त्रीलाई सर्वसाधरणले घेरेपछि प्रहरीले उनलाई त्यहाँबाट भगाएको थियो । त्यहाँबाट प्रहरीको सहयोगमा भागेपछि मन्त्री विष्टले घटनाबारे आफूलाई पनि चिन्ता लागेको प्रतिक्रिया दिएका छन् । उनले त्यहाँ बस्न नसक्ने अवस्था भएकाले आफू हिँड्न बाध्य भएको बताएका छन् ।

मन्त्री विष्ट सवार झन्डावाल गाडीले ठक्कर दिँदा बा ४८प९२५० नम्बरको मोटरसाइकलमा सवार सिन्धुपाल्चोकको जवबीरे निवासी सहेदव श्रेष्ठ र उनकी सानीआमा अञ्जु श्रेष्ठ घाइते भएका थिए । उनीहरुको अहिले नयाँबानेश्वरकै एभरेस्ट अस्पतालमा उपचार भइरहेको छ ।

Comments

comments