मेलबर्न । अष्ट्रेलियाको सिड्नीमा एक अपार्टमेन्ट कम्प्लेक्समा आगो लागेको छ । बिहिबार बेलुका साढे आठ बजेतिर पेपर मिल अपार्टमेन्टमा आगो लागेको हो ।

निर्माण कार्य सम्पन्न हुन लागेको १६ तल्लाको अपार्टमेन्टमा लागेको आगो योजनाबद्ध अपराधिक कार्य भएको आशंकामा प्रहरीले अनुसन्धान सुरु गरेको छ ।

७० भन्दा बढी फायरफाइटरले आगो निभाउने कार्य गरेका थिए । १.२ मिलियन सम्म मूल्य राखिएको अपार्टमेन्ट पूर्ण रुपमा विक्री हुने क्रममा रहेको थियो ।

अपार्टमेन्ट पूरै क्षतिग्रस्त नभएको र प्रहरीले अनुसन्धान सक्ने बित्तिकै इन्जिनियरहरु द्वारा परिक्षण र मर्मत गरिने अपार्टमेन्ट मालिकले बताएका छन् ।

Comments

comments