काठमाडौं । नेपाल आइडलविरुद्ध परेको मुद्दा खारेज भएको छ ।

अधिवक्ता यज्ञमणि न्यौपानेले नेपाल आइडलमा भदौ १५ गतेको कार्यक्रममा चार प्रतिस्पर्धीको प्रस्तुतिपछि भोटिङ खुला गर्दै राति ८ः४५ देखि अर्को दिन बिहान १२ बजेसम्म समय दिइए पनि उक्त भोटका आाधारमा कसैलाई पनि आउट नगरिएको भन्दै करार ऐन २०५६ को दफा ८७ (१) अनुरुप काठमाडौं जिल्ला अदालतमा उजुरी दिएका थिए।

उक्त उजुरीमाथि शुक्रबार दुवै पक्षबीच इजलासमा छलफल भएपछि काठमाडौं जिल्ला अदालतका न्यायाधीश दिवाकर भट्टको एकल इजलासले खारेज गरेको हो ।

काठमाडौं जिल्ला अदालतको शुक्रबारको फैसलामा भनिएको छ, ‘निवेदकले निवेदनमा माग गर्नु भएको करार ऐन २०५६ को दफा ८७ अन्तर्गतको उपयुक्त आदेश जारी हुनका लागि वस्तुतह निवेदक करारको एक पक्षीय हुनुपर्नेमा सार्वजनिक सरोकारको विषयलाई लिई प्रस्तुत निवेदन परेको देखिन्छ । त्यो कानुनी प्रवधान अन्तर्गत निवेदकको माग बमोजिमको आदेश जारी गर्न मिलेन । अतः प्रस्तुत निवेदन खारेज हुने ठहर्छ ‘ ।

Comments

comments