एजेन्सी । अमेरिकामा जारी युएस ओपन टोनिस प्रतियोगितामा भेनस विलियम्स बर्षको अन्तिम तथा चौथो ग्राण्डस्लामबाट बाहिरिएकी छिन् ।

महिला एकलतर्फ शुक्रबार भएको पहिलो सेमिफाइनलमा भेनस आफ्नै देशकी स्लोअना स्टेफेन्ससँग ६ – १, ० – ६ र ७ – ५ को सेटमा पराजित भएकी हुन् । स्टेफेन्स आफ्नो पहिलोपटक युएस ओपनको फाइनलमा पुगेकी हुन् ।

अब उपाधिका लागि स्टेफेन्सले अर्का दुइ अमेरिकी खेलाडी मैडिसन केइस र कोको भेन्डेवेघेबीच हुने दोस्रो सेमिफाइनलको बिजेतासँग भिड्ने छिन् ।

Comments

comments